बँदेलको आक्रमणबाट मृत्यु

मंगलबार, माघ २५, २०७८

मार्तडी, २५ माघ । बूढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् । सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । रासस
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार