अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव श्रीलङ्का प्रस्थान

मंगलबार, माघ २५, २०७८

काठमाडौँ, २५ माघ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलङ्कातर्फ प्रस्थान गरेका छन् ।  उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए। सो जिम्मेवारी सम्हालेपछि उनी पहिलो नेपाल भ्रमणमा आएका थिए ।  यही माघ १८ गते नेपाल आएका उनी भ्रमणका क्रममा यहाँस्थित नेपाल रेडक्रस र आइएफआरसीका गतिविधिका बारेमा जानकारी लिएका थिए । 
     
    प्रधानमन्त्री शेरबहादुर देउवासँग महासचिव चापागाईंले भ्रमणका क्रममा भेटवार्ता थियो । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईंले अलग–अलग भेटवार्ता गरेका थिए । ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईंले जानकारी दिए । रासस

  

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार