क्यानाडाको राजधानीमा सङ्कटकाल घोषणा

सोमबार, माघ २४, २०७८

मोन्ट्रेल, २४ माघ । क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।  ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिए । 

आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उनले दावी गरे । चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालिन सेवासमेत अवरुद्ध भएको उनको भनाई छ । उनले संकटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानूनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार