भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

सोमबार, माघ २४, २०७८

नयाँ दिल्ली २४ माघ । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेको थियो ।  संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना सङ्क्रमित भएका छन् ।  सोही अवधिमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने एक लाख ९९ हजार ५४ रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बर भन्दा बढी रहेको छ । त्यसैले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या ११ लाख आठ हजार ९३८ रहेको मन्त्रालयले जनाएको छ । उनीहरुका अनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै ८९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार