सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । राष्ट्रियसभाका सदस्य पार्वती रावलले पाँच÷१० लाखका योजना माग गर्न पनि केन्द्र सरकारसँग धाउनुपर्ने अवस्था रहेको भन्दै स्थानीय तहलाई थप सशक्त बनाउन जरुरी रहेको बताएकी छन् । स्थानीय तहबीच समन्वयमा नीतिगत समस्या रहेकाले सरकारले व्यावहारिक कानूनका पक्षमा ध्यान दिनु उनले सुझाव दिइन् । जिल्ला समन्वय समिति, चितवनको प्रगति समीक्षा कार्यक्रम कार्यक्रममा उनले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइ तीनवटै तहका विकास गतिविधिबारे समन्वय र अनुगमनको जिम्मा दिनुपर्ने बताइन् ।–रासस