ग्रीसका प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

आइतबार, माघ २३, २०७८

एथेन्स, ग्रीसे, २३ माघ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  उनी कोभिड-१९ सङ्क्रमित थिए । राष्ट्रपति उनकी श्रीमतीलाई सङ्क्रमण बाट छिटो स्वास्थ्य लाभको कामना गर्दछु, मित्सोटाकिसले शनिबार ट्विटरमा लेखेका थिए । अघिल्लो दिन, राष्ट्रपति एर्डोगानले ट्विटरमा उनी र उनकी श्रीमती हल्का लक्षणहरू सहित सङ्क्रमित हुनुभएको उल्लेख गर्नुभएको थियो। राष्ट्रपति एर्दोगानले सङ्क्रमति भए पनि घरबाट काम जारी राख्ने जनाउँनु भएको छ । भूमध्यसागरमा क्षेत्रीय दाबी, अवैध आप्रवासन र साइप्रस मुद्दाका कारण हालैका वर्षहरूमा ग्रीस र टर्कीबीचको सम्बन्ध नराम्रोसँग बिग्रिएको छ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार