अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

आइतबार, माघ २३, २०७८

भियना,२३ माघ ।  पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।
शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्। अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्।

 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार