लेखक सङ्घको सातौँ अधिवेशन चैतमा

आइतबार, माघ २३, २०७८

काठमाडौँ, २२ माघ । नेपाली लेखक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आगामी चैत १८ र १९ गते हुने भएको छ । सङ्घको अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । 
प्रतिनिधिलाई पायक पर्ने गरी यथाशीघ्र नै अधिवेशनस्थलको टुङ्गो लगाइने सङ्घका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा नेपालले बताए । सङ्घको विधान संशोधनका लागि सङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार डा तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र मुखपत्र ‘लेखक’ प्रकाशन गर्नका लागि सङ्घका महासचिव डा नेपाल प्रधानसम्पादक रहने गरी सात सदस्यीय सम्पादक मण्डल गठन गरिएको सङ्घका अध्यक्ष श्रवण मुकारुङले जानकारी दिए । सङ्घको स्थापना २००८ सालमा भएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ००:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार