मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

बिहीबार, माघ २०, २०७८
Global Ime Bank

काठमाडौँ, २० माघ । नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताए। 
अखिल नेपाल फुलबल महासङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार हुने अपेक्षा व्यक्त गरे । काउन्सिलका अध्यक्ष बटु लामिछानेले खेलका साथै व्यावसायका क्षेत्रमा पनि आगामी दिनमा दुई देशबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार