सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गर्ने फैसला सुनाएपछि नेकपाका उपाध्यक्ष वामदेव गौतमले राजनीतिक सक्रियतालाई बढाएका छन् । उनको सक्रियाता आफूलाई पार्टी वा सरकारमा स्थापित गर्ने ढङगबाट भएको एकाथरीको विश्लेषण छ । नेपालको दाहाल–नेपाल समूहले सत्ता समीकरणको तयारी तीव्र पारेका बलो नेकपा उपाध्यक्ष गौतमले पनि सत्ता समिकरण नभनि कन राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मिति सार्वजनिक गरेपछि ओली तथा दाहाल–नेपाल समूह कतै पनि नखुलि पार्टी एक बनाउने अभियान नाम दिएर गौतमले सक्रियाता देखाएका थिए । संसद् पुनःस्थापना गर्ने सर्वाेच्चको आदेशपछि पनि उनले वक्तव्य निकालेर पार्टीको स्थायी समितिको बैठक डाक्न माग गरेका थिए । उनले बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी प्रधानमन्त्री केपी ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरे । अध्यक्ष दाहाललाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । दाहालसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएका थिए । ‘वामदेव कमरेडको प्रस्तावमा प्रचण्ड कमरेड पनि सकारात्मक हुनुहुन्छ’ गौतम निकटका एक नेताले भने, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि दाहालले भन्नु भएको छ ।’ नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका थिए । उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए । सर्वाेच्च अदालतले संसद् विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आएका छन् ।