जसपासँग दाहाल–नेपालद्धारा सत्ता साझेदारीको प्रस्ताव

बिहीबार, फागुन १३, २०७७

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षले संयुक्त सरकार गठनको विषयमा जनता समाजवादी पार्टीसँग छलफल गरेको छ । बिहीबार नेकपाको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।
छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए । छलफलमा सहभागी नेताका अनुसार दाहाल–नेपालले सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको थिए । 
‘पार्टीगत छलफल भनेर हामीलाई बोलाउनु भएको थियो । आन्दोलनमा पनि सँगसँगै जस्तो प्रतिगमनविरुद्ध संघर्ष गर्नुभयो । हामीले पनि ग¥यौं । अब संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एक ठाउँ आउनु पर्छ । नयाँ ढंगले वर्तमान परिस्थितिको समीक्षा गर्दै संयुक्त रुपमा अगाडि बढैं भन्ने प्रस्ताव राख्नु भयो’ जसपाका ती नेताले भने ।
दाहाल–नेपालको प्रस्तावमा जसपा नेताहरुले केही सर्त अगाडि सारेका छन् । ‘अब पार्टीमा छलफल गर्छाैं । यसमा अरु कुराहरु पनि छन् । विगतमा सँगै आन्दोलन गर्दाकै केही समस्या छन् । संविधान संशोधनका मुद्दा छन् । रेशम चौधरीको रिहाई बाँकी छ । सहकार्य गर्ने हो भने एकआपसमा समस्या नआउने गरी सहकार्य गर्नुपर्छ भनेका छौं, ती नेताले भने, ‘नेकपा कानुनी रुपमा विभाजन नभएको अवस्थामा के हुन्छ भन्ने हाम्रो जिज्ञासा रह्यो ।’ 
जसपा नेताहरुको कुरा सुनेपछि अध्यक्ष दाहालले ती विषयमा समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउन आग्रह गरेका थिए । 
छलफलमा भएको कुरा उद्धृत गर्दै ती नेताले भने, ‘तपाईंहरुले उठाउनु भएका सबै कुरा ठीक छन् । पहिला ३० दलीय गठबन्धन हुँदा आन्दोलनमा भएका समस्या, संविधान संशोधनका एजेण्डाहरु, पार्टी विभाजनको कुरा, संवैधानिक त्रुटिलाई सच्चाउने, जेलमा रहेका साथीहरुको कुरा यी सबै कुराहरुको समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउनुस् भन्नु भयो । हामीले केन्द्रीय समिति बैठक बसेर यसबारे फाइनल निर्णय गछौं भन्यौं’ नेकपाका दाहाल–नेपालले बुधारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्य प्रस्ताव गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार