सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को ३३औँ वार्षिकोत्सवका अवसरमा उनले कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताउँदै भने, ‘अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने हाम्रो योजना छ । संसद् सञ्चालन भएपछि प्रक्रियामा जान्छौ ।’ अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै उनले जनताले नै चुनेर पठाएकाले जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मूल्याङ्कन गर्ने जनाए । ‘राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन, सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ’, मन्त्री श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि ओली नै हो । उहाँले नै निर्वाचन गराउनुहुन्छ ।’ मन्त्री श्रेष्ठले भने, ‘अब खेल मैदानमा आएको छ, हामीसँग नेपालको राजनीतिका पेले छन्, रोनाल्डो छन्, म्यारोडोना र मेसी हामीसँगै छन्, त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीतिक मैदान छाड्नेवाला छैनाँै, हाम्रै जीत सुनिश्चित हुनेछ, जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्नेछौँ ।’–रासस