लोकतन्त्र सुदृढ बनाउन अदालतले बाटो खोल्यो : देउवा 

बुधबार, फागुन १२, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताएका  छन् । ‘संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ’ सभापति देउवाले भने । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजित ‘अहिंसा र शान्तिः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको स्पष्ट पारे । 
कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लडेको पार्टी भएकाले संसद् पुनःस्थापनाले कांग्रेस खुशी रहेको उनको भनाइ छ ।  सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमा सम्पन्न हुने उल्लेख पनि उनले गरे ।   कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनःस्थापित संसद्मा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  अदालतको आदेशसँगै वर्तमान प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निधिले उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले सादा जीवन उच्च विचारका व्यक्ति निधि भएको भन्दै निधिको आदर्श र सिद्धान्तबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताए । 
फैसलाले मुलुकलाई संकटबाट जोगायो : पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले संसद्् विघटनको निर्णय बदर गरी मुलुकलाई संकटबाट जोगाएको बताएका छन् ।  सिरहामा आज पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद्् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताउनुभयोे । न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उनको कथन थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  २१:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार