पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता

मंगलबार, माघ १८, २०७८
Global Ime Bank

काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आइरहेको पुष्पलालस्मृति र्‍याङ्गकिंङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औँ संस्करण आगामी ३ देखि ७ फागुनसम्म आयोजना हुने भएको छ ।

ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिँदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ ।नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघमा आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुलिस र एपीएफ क्लब गरी ५० संस्थाका खेलाडीले सहभागिता जनाउने छन् । 

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयतामा १६औँ स्थानमा रहेका ), पुरुष एकल (१६औँ वरीयतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२औँ स्थानमा रहेका), महिला एकल (१२औँ वरीयतादेखि बाहेकका), महिला युगल (खुला), यु -१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्षमाथि र मास्टर्स ५५ बर्षमाथि (खुला) गरी १० बिधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार