सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले मंगलबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट पारेका छन् । ‘को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ’ उले भने, ‘जस्तोसुकै परिस्थितमा पनि आफू दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने छु ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताए । आगामी आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । नेपाल खाद्यबालीमा आत्मनिर्भर भए पनि सौखिन खानाका कारण आयात भइरहेको उनले बताए । ताजा चामल खान छाडेर मेसिनले बनाएको लामो सिता चामल खाने बानीका कारणले विदेशबाट चामल आयात गर्नुपरेको उनले उल्लेख गरे । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सिङ्गो देशको नै माटोको अवस्थाको नक्सा प्रकाशित गर्ने नेपाल दक्षिण एशियाको पहिलो देश हुनुसबैका लागि गर्वको विषय भएको उल्लेख गरिन् ।