एन्फाको कार्यसमिति बैठक २० माघमा, भर्चुअल माध्यमबाट गरिने  

सोमबार, माघ १७, २०७८
Global Ime Bank

काठमाडौं, १७ माघ । अखिल नेपाल फुटबल संघ  (एन्फा) को कार्यसमिति बैठक २०  माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् । बैठक आगामी साधारण सभा केन्द्रित हुनेछ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बैठकमा विविधसहित १९ वटा एजेन्डामाथि छलफल भएको थियो । जुन बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले  राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा थिए । उनीहरूकै आह्वानमा यसअघि बैठक बसेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार