एएफसी महिला एसियन कप–२०२२मा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स सेमिफाइनमा

सोमबार, माघ १७, २०७८
Global Ime Bank

काठमाडौं, १७ माघ । उपाधि दावेदार अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप–२०२२ को सेमिफाइनलमा पुगेका छन् ।  आइबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्सले दक्षिण कोरियाको सामना गर्नेछ । आइतबार भएको खेलमा चीनले भियतनामलाई ३–१ अन्तरले हरायो । उपाधि दावेदार जापानले थाइल्याण्डविरुद्ध ७–० को सहज जित पायो । यता, उपाधि दावेदार अष्ट्रेलिया भने दक्षिण कोरियासँग अप्रत्यासित नतिजा व्होयर्दाै अन्तिम आठबाटै बाहिर रह्यो । अष्ट्रेलियालाई कोरियाले १–० ले पराजित गर्याे ।  यता, पहिलो पटक महिला फुटबलको एसिया कपको सेमिफाइनमा पुगेको फिलिपिन्सले चाइनिज ताईपेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्याे । अब, सेमिफाइनल ३ फेब्रुअरीमा हुनेछ भने ६ फेब्रुअरीमा फाइनल हुनेछ ।  
 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार