सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो ।
दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे चरणको वार्तामा बस्न सहमत भएका छन् । भेटवार्तामा दाहाल–नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यो विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् । देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएको जानकारी गराएका थिए । यस अगाडिको भेटमा दाहाल–नेपाल समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेको सार्वजनिक भएको थियो ।