नाडालले जिते २१ औं ग्राण्डस्लाम

आइतबार, माघ १६, २०७८
Global Ime Bank

काठमाडौं, १६ माघ : स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् । नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा  रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् ।  छैठौं वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ (५-७) ६-४  ७-५ को जीत दर्ता गरे ।  यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिकालागि उत्रिएका थिए ।  तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे ।- एजेन्सी

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार