सभा छाडेर काठमाडौँ फर्किए दाहाल–नेपाल

बुधबार, फागुन १२, २०७७

चितवन । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आएका नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौँ फर्किएका छन् । यहाँ आइसकेपछि मंगलबार साँझ सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।

प्रेस संगठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार यो कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी दाहाल र नेपाल काठमाडौँ फर्किएका छन् । उनीहरु आज बिहान १०ः४५ बजे जहाजबाट काठमाडौं गएको उनले जानकारी दिए । काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाटहरु गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम छाडेर फर्कनुभएको अधिकारीले बताए ।  
सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्र पाण्डे, नारायण दाहाल, रेनु दाहाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । विजयसभा हुनुअघि विभिन्न स्थानबाट ¥याली निकालिएको थियो ।–रासस 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार