सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वाेच्च अदालतले संसद् विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा संसदीय दलले आगामी संसद् बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । दाहाल–नेपाल समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।