सर्वाेच्चको फैसलाले राजनीतिक समस्या हल गर्दैन : प्रधानमन्त्रीका सल्लाहकार 

मंगलबार, फागुन ११, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वाेच्च अदालतको फैसलाले राजनीतिक समस्या समाधान नगर्ने बताएका छन् । नेकपा ओली समूहका नेता समेत रहेका नेता रिमालले संसद पुनस्र्थापना सम्बन्धी फैसला भने मान्ने संकेत गरेका छन् । ‘सम्मानित अदालतको फैसला मान्नुपर्छ  । तर यसले मुलुकको जटिल राजनीतिलाई निकास भने दिँदैन’ रिमालले मंगलबार राति ट्वीट गर्दै संसद् पुनस्र्थापनापछिको अवस्थाबारे टिप्पणी गरेका हुन् ।  प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई पनि ट्वीट गर्दै रिमालकै भनाईको आशय व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वाेच्च अदालतको फैसला सबैले मान्नु पर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’
 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार