सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले दीप प्रज्ज्वलन गरेका हुन् । यस्तै, रत्नपार्कको शान्ति वाटिकामा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियूले पनि सर्वाेच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ ।