बिरामी बाबुराम जुरुक्यै उठेर भने, ‘सर्वाेच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो’

मंगलबार, फागुन ११, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनाता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वाेच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् । उपचारका लागि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्सबाट ट्वीट गर्दै भट्टराईले ‘सर्वाेच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको’ बताएका हुन् ।
उनले भनेका छन्, ‘कस्तो सुखद संयोग  ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिँ देशभित्र सर्वाेच्चको फैसलातिर थियो  ! हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो  ! ’

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार