सर्वाेच्च अदालतको फैसला ऐतिहासिक : अध्यक्ष नेपाल

मंगलबार, फागुन ११, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वाेच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।  उनले भनेका छन्, ‘सर्वाेच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वाेच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।’  सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सर्वाेच्चको फैसला ऐतिहासिक भएको बताए । उनले सम्पूर्ण जनता, आन्दोलनमा उत्रेका दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवादसमेत दिएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार