अस्ट्रेलियन ओपन: उपाधिका लागि नाडाल र मेड्भेडेभ भिड्ने

शुक्रबार, माघ १४, २०७८
Global Ime Bank

काठमाडौं, १४ माघ : स्टेफानोस सित्सिपासलाई ३–१ सेटको नतिजामा पराजित गर्दै ड्यानियल मेड्भेडेभले अस्ट्रेलियन ओपनको फाइनलमा राफेल नाडालसँगको भेट निश्चित गरेका छन् ।

शुक्रबार मेलबर्न पार्कमा भएको दोस्रो सेमिफाइनलमा ६–७, ९५–७०, ६–४, ४–६, १–६ को नतिजामा पराजित गर्दै २० पटकका ग्रान्डस्लाम च्याम्पियनसँगको खेल्ने निश्चित गरेका हुन् ।

लगातार दोस्रो पटक अस्ट्रेलियन ‌ओपनको फाइनलमा पुगेका मेड्भेडेभ गत वर्ष नोभाक जोकोभिचसँग पराजित भएका थिए । सित्सिपास गत वर्ष पनि सेमिफाइनलबाट बाहिरिएका थिए ।

गत वर्षका युएस ओपन च्याम्पियन मेड्भेडेभले एक पटकका अस्ट्रेलियन च्याम्पियनको सामना गर्नेछन् । नाडालले पछिल्लो पटक २००९ मा अस्ट्रेलियन ओपन जितका  थिए । त्यसयता चार पटक फाइनल पुगेर पनि नाडालले उपाधि जित्न सकेका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार