डा.बाबुराम भट्टराईको उपचार सुरु 

मंगलबार, फागुन ११, २०७७

काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई अस्पताल भर्ना भई उपचार सुरु गरेका छन् । डा. भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भई उपचार सुरु गरेका हुन् । उनका प्रेस सल्लाहाकार  एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ । डा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए । चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न भट्टराई दिल्ली गएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार