एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

बिहीबार, माघ १३, २०७८
Global Ime Bank

काठमाडौं, १३ माघ । कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना हुँदैछन् ।  समूह ‘ए’ मा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ । यही समूहको इराक इरान भ्रमणमा निस्किँदा संयुक्त अरब इमिरेटस् (यूएई) र सिरिया आमने-सामने हुनेछन् ।   समूह ‘बी’ बाट जापान र चीनले प्रतिस्पर्धा गर्दा अष्ट्रेलियाले भियतनामलाई आतिथ्य प्रदान गर्नेछ । यता ओमान भने अपराजित साउदी अरबिया भ्रमणमा निस्कने छ । 

समूह ‘ए’ मा ६ खेलबाट पाँच जितसहित १६ अंक बनाएको इरान शीर्षस्थानमा छ । १४ अंकको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा यूएई ६ अं सहित तेस्रो, पाँच अंकको लेबनान चौथो, चार अंकको इराक पाँचौ र सिरिया दुई अंकसहित पुछार तथा छैटौं स्थानमा छ । 

यता, समूह ‘बी’ मा ६ खेलबाट पाँच अंकसहित १६ अंक बनाएको साउदी अरबिया शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १२ अंक छ । तेस्रो स्थानको अष्ट्रेलिया ११ अंकसहित तेस्रो, ओमान सात अंकसहित चौथो, चीन पाँच अंकसहित पाँचौ र बिना कुनै अंक भियतनाम पुछारमा छ ।  दुवै समूहका शीर्ष टोली सिधै कतार विश्वकपका लागि छनोट हुनेछन् । यस्तै दुवै समूहका तेस्रो हुने टोलीबीचको विजेताले विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार