मकालुमा भिरबाट लडेर एक भेडा गोठालाको मृत्यु 

बुधबार, माघ १२, २०७८

खाँदबारी, १२ माघ । सङ्खुवासभाको मकालु गाउँपालिका–४ मा भिरबाट लडेर एक भेडा गोठालोको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । भेडा चराउन गएका राईको मकालु–४ पावाखोला निवारे भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । भेडा चराउन गएका राई मङ्गलबारदेखि फर्केर नआएपछि खोजी गर्दा बुधबार पावाखोला निवारेमा भिरबाट लडेर मृत अवस्थामा स्थानीयवासीले फेला परेको थिए ।  मृतक राई केही महिना यता मकालु–४ बैदेका गङ्गाबहादुर गुरुङको भेडी गोठामा काम गर्दै आएका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट नौ घण्टाको पदैल दूरीमा पर्दछ । घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार