म्यान्मामा हडताल, हजारौं मानिस प्रदर्शनमा सहभागी

मंगलबार, फागुन ११, २०७७

याङ्गुन । म्यान्मामा सैन्य ‘क’ूविरुद्ध आह्वान गरिएको हडतालको दिन सोमबार प्रमुख सहरहरूमा हजारौं मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका छन् । व्यवसायी र कामदारहरूले पनि सहभागी भएकाले व्यापार–व्यसायहरू बन्द भएका थिए । द्वन्द्वको बाटोमा अघि बढे ‘ज्यान जान सक्ने’ सेनाको चेतावनीका वावजुद पनि मानिसहरु प्रदर्शनमा सहभागी भइरहेका चन् । प्रदर्शनकारीहरू त्यसबाट अविचलित देखिएका छन् । गत माघ १९ सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मामा तनाव बढेको छ । गत आइतवार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले कारबाही गर्दा दुई जनाको मृत्यु भएको थियो ।–एजेन्सी 
 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार