सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १२ माघ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गत बिहीबार निधन भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई ३२ हजार रुपैयाँ सहयोग गरेकी छन् । अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम उपलब्ध गरेकी हुन् । मन्त्री झाँक्रीले मृतक विकको श्रीमतीको अछाममा रहेको नवील बैँकको खातामा रकम ट्रान्सफर गरिएको उनको सचिवालयले जनाएको छ । अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण पत्रकार विकको मृत्यु भएको विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउन पहल गर्नुपर्ने विश्वास व्यक्त गरेको मन्त्री झाँक्रीले विकप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।–रासस