पहिरोले पुरिएर कामदारको मृत्यु

बुधबार, माघ १२, २०७८

रसुवा, १२ माघ । विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन भएको छ । सो पहिरामा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।  निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार  निर्माण हुन लागेको ७८ मेगावाट क्षमताको सालासुङ्गी हाइड्रो पावर जाने सडक विस्तारका क्रममा पहिरो जाँदा तामाङको मृत्यु भएको हो । घटनास्थल थाम्वुचेतमाथि तातोपानी जाने बाटोको गोङगाङ गाउँमाथि भएको बताइएको छ । यस्तै सोही पहिरामा परी गम्भीर घाइते हुने अर्का कामदार आमाछोदिङ्मो गाउँपालिका–५ गोङ्गाङ  निवासी ५४ वर्षीय कार्साङ तामाङलाई भने उपचारार्थ सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।–रासस


 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार