मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना

बुधबार, माघ १२, २०७८

बाग्मती, १२ माघ । मकवानपुर जिल्लाका  सार्वजनिकस्थलमा मास्क नलगाई  हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ ।   जिल्ला प्रहरी कार्यालयबाट खटिएको  टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने  ६० जनालाई  रु १०० का दरले जरिवाना गरेको हो ।   
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ  हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए । उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको  बताए । उनीहरूलाई कोभिड–१९  सङ्क्रामक  रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो । यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले  जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै  सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको  छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार