मृत्यु भएको बीस वर्षपछि काजकिरिया

बुधबार, माघ १२, २०७८

दमौली, १२ माघ । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मृत्युभएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ । खनालका परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया सुरु गरेका हुन् । विसं २०५८ माघ २३ गते साबिक छाङ गाविस–९ को साउनेपानीमा  हत्या श्रीरामको हत्या गरिएको बताइएको छ ।  गोरखाको साबिक ताक्लुङ गाविसका खनालको परिवार हाल चितवनको रत्ननगरमा बस्दै आएको छ । मृतक श्रीरामका दाइ हरिश्चन्द्रका अनुसार यस बीचमा धार्मिक परम्पराअनुसार दाइको काजकिरिया गर्ने निर्णय भए पनि विभिन्न कारणले गर्न नसकिएको हुँदा अहिले आएर दाहसंस्कार र काजकिरिया गरिएको हो । 
मृतक माइला दाइ ईश्वरीप्रसाद खनाल भाइको किरिया बसेका छन् । तत्कालीन नेकपा (माओवादी)को तनहुँ जिल्ला कमिटीको सदस्य रहेका श्रीरामको पार्टीको बैठकका क्रममा मृत्यु भएको जनाइएको छ  । उनी अविवाहित थिए ।–रासस

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार