कोभिड पीडितलाई फलफूलका बिरुवा  

बुधबार, माघ १२, २०७८

खोटाङ, १२ माघ । कोभिड–१९ बाट पीडितलाई लक्षित गर्दै इको हिमालले खोटाङको ऐंसेलुखर्क र रावाबेँसी गाउँपालिकामा हिउँदे फलफूलका बिरुवा बिक्री सुरु गरेको छ । कोभिड–१९ को महामारीका कारण रोजीरोटी गुमेको र विदेशबाट फर्किएका युवालाई लक्षित गर्दै इको हिमालले दुई गाउँपालिकामा सस्तो मूल्यामा स्याउ, नासपाती, आरु, ओखर, किवी, दन्ते ओखर, चुच्चे ओखर, खुर्पानी, बदामको विरुवा बिक्री सुरु गरेको हो । कोभिड राहत स्वरुप न्यूनतम प्रतिवटा ५० रुपैयाँका दरले फलफूलको बेर्ना बिक्री सुरु गरिएको इको हिमाल नेपालका कृषि अधिकृत सुमन पराजुलीले बताए ।  माघ मसान्त सम्ममा दुई गाउँपालिकामा आठ लाख २४ सय मूल्य बराबरको ११ हजार ४००  बेर्ना बिक्री  गरिने इको हिमालले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार