सुख्खा पहिरोले पुरिएर रसुवामा एकको मृत्यु, एक जना घाइते 

बुधबार, माघ १२, २०७८

रसुवा, १२ माघ । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेकाे अवस्थामा पहिराेले पुरेकाे वडाध्यक्ष टासी छोवाङ तामाङले बताए । घाइतेलाई हेलिकाेप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार