मार्सियल लोनमा सेभिया पुगे 

बुधबार, माघ १२, २०७८
Global Ime Bank

काठमाडौं, १२ माघ । म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियल इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट लोनमा स्पेनिस ला लिगा क्लब सेभिया पुगेका छन् ।  यससँगै फ्रान्सका २६ वर्षीय अट्याकर मार्सियलले जारी सिजनका बाँकी खेल सेभियाबाट खेल्ने भएका छन् । पछिल्लो समय युनाइटेडमा स्थान नपाएका मार्सियल सेभिया जान रुचाएका हुन् ।  जारी सिजन ला लिगाको दोस्रो स्थानमा रहेको सेभियाले गत महिनाबाटै मार्सियललाई भित्राउने प्रयास गरेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार