तेहेरो कर र वन नियमावलीको विरोधमा फेकोफन आन्दोलनमा (फाेटाे फिचरसहित)

बुधबार, माघ १२, २०७८

काठमाडाैं, १२ माघ। समुदायको अधिकार कटौती गर्ने गरी वन नियमावली २०७८ को मस्याैदा तयार भएकाे भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ । वन नियमावलीसँगै प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धविरुद्ध फेकाेफन केही दिनदेखि काठमाडाैंकाे बबरमहलमा सांकेतिक रुपमा जुलुस प्रदर्शन गर्दै आएकाे छ ।  

वन ऐन २०७६ को कार्यान्वनका लागि तर्जुमा गरिएको वन नियमावलीको मस्याैदा उपर विगत लामो समयदेखि  छलफल हुँदै आएको र गत वर्ष नै उक्त नियमावलीमा समावेश गरिएका विषयमा लगभग सहमति भएकोमा वन तथा वातावरण मन्त्रालय र सम्बन्धित सरोकारवालाबीच सहमति भएका विषयलाई लत्याएर वन नियमावलीको मस्याैदा वन ऐन २०७६ विपरित र सामुदायिक वनको अधिकारमा गम्भिर आघात पर्नेगरी विभिन्न व्यवस्था समावेश गरिएकाले विरोधका कार्यक्रम सुरु भएकाे महासंघका अध्यक्ष भारती पाठकले बताइन् ।  

विभिन्न प्रदेश सरकारले तर्जुमा गरेका प्रदेश वन ऐनमा संघीय वन ऐन २०७६ विपरितका व्यवस्था रहेकाे फेकाेफनकाे दाबी छ । सरकार र प्रदेश सरकारले सामुदायिक वन क्षेत्रमा नै विभिन्न नामका संरक्षित क्षेत्रको घोषणा र विस्तार गरी सामुदायिक वनलाई गम्भीर असर पारेको महासंघले जनाएको छ । सामुदायिक वनमा निरन्तर रुपमा तेहेरो कर लगाउने र वन पैदावारको सदुपयोगमा रोक लगाउने कार्य गरिँदै आएको  महासंघकाे दाबी छ । महासंघले हाल दाेस्राे चरणकाे आन्दाेलन गरिरहेकाे हाे ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार