कुखुराकाे दाना बाेकेकाे ट्रकमा आगजनी, आगजनी गर्नेकाे पहिचान हुन सकेन

बुधबार, माघ १२, २०७८

सप्तरी, १२ माघ । पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा मंगलबार राति पहिचान हुन नसकेकाे समूहले एउटा ट्रकमा आगजनी गरेकाे छ ।  पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्बरको ट्रकमा अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आगजनी भएकाे हो । कुखुराको दाना बोकेर गइरहेको ट्रकमा राति करिब ११ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिए । उनलेे भने, ´किन र कसले ट्रकमा आगजनी गरेको हो अनुसन्धान भइरहेको छ ।' चालक पनि सम्पर्कमा नआएको यादवको भनाई रहेको छ। आगजनीबाट ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसअघि पुस १६ गते पनि सोही गाउँपालिका–५ महुली पुलमा एक ट्रक जलाइएको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार