लिपुलेक, कालापानीको जनसंख्या पनि समेटियो, संख्या विस्तृत रिपोर्टमा आउन

बुधबार, माघ १२, २०७८

१२ माघ, काठमाडौं । नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना २०७८ मा समेटिएको छ ।
 केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ । यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ । गणक आफैं सो भेगमा पुग्न नसके पनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको उनले जानकारी दिए । वडास्तरमा भएको गणनाबाट यस भेगको जनसंख्या गणना भएको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार