सोसल मिडिया
Contact Us
युनिकोड
रुपन्देही, ११ माघ (रासस)ः रुपन्देहीको देवदहमा आज दुई जनाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–९ स्थित जङ्गलमा एक बालिका र एक महिलाको शव भेटिएको हो । अन्दाजी सात वर्षीया बालिका र ३५ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता भास्कर चन्दले जानकारी दिनुभयो । उनीहरूको पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।