बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते

मंगलबार, माघ ११, २०७८

बैतडी, ११ माघ । जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । 
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशी रहेका छन् । उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  सोमबार साँझ जङ्गलबाट गाउँ पसेका जङ्गली बँदेललाई धपाउन खोज्दा उनीहरूमाथि आक्रमण गरेको हो  । आक्रमणबाट जोशीसहित स्थानीय बल्देव कार्की, वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए । अर्का घाइते कार्कीको धनगढीमा तथा सार्की र जोशीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार