रिहा भएलगत्तै सर्वाेच्चको गेटबाटै पक्राउ गरिएका बास्तोलालाई काभ्रे लगियो

सोमबार, फागुन १०, २०७७

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ । उनलाई सर्वाेच्च अदालतबाहिरबाट पक्राउ गरेलगत्तै काभ्रे पठाइएको हो । पुस २९ गते ललिपुरको वाग्मती गाउँपालिकाबाट पक्राउ परेका बास्तोलालाई अदालतले यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै रिहा गरेको थियो । त्यसपछि महानगरी प्रहरी वृत मालीगाउँले नियन्त्रणमा लिएर अनुसन्धान गरेकोमा त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको मुद्दाका लागि उतै पठाइएको थियो । त्यसपछि फेरि बन्दी प्रत्यक्षीकरणको रिट दायर भएकोमा सोमबार सर्वाेच्चले सुनुवाइ गर्दै उनलाई छाड्न आदेश दिएको थियो । तर अदालतको आदेश पाएर रिहा भए लगत्तै प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । अदालत बाहिरबाट उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता मुद्दामा अनुसन्धान गर्न पठाइएको हो । काभ्रेमा बास्तोलाविरुद्ध संगठित अपराधको मुद्दा दर्ता भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार