मौरिसससँग मैत्रीपूर्ण खेलको टिकट दर एक हजार र ५०० ताेकियाे

मंगलबार, माघ ११, २०७८

काठमाडौं, ११ माघ  : अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । 

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार