मरिससको राष्ट्रिय फुटबल टोली नेपालमा 

सोमबार, माघ १०, २०७८

काठमाडौँ, १० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुगेको छ । मरिससको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मरिसस र नेपालबीचको पहिलो खेल शनिबार र दोस्रो खेल मङ्गलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।  त्यस्तै, नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो ।–रासस

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार