सेनाको सङ्गठनात्मक संरचनाबारे सचिव  शर्माद्वारा जानकारी

सोमबार, माघ १०, २०७८

काठमाडौँ, १० माघ । रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिकरूपमा जानकारी गराइएको छ । उनको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामामा  आयोजित कार्यक्रमा मुलुकको  वर्तमान वस्तुस्थिति लगायतका विषयमा प्रस्तुतिकरणमार्फत जानकारी गराइएको हो । कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधि सहभागी रहको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग उनले भेट गरेका थिए ।–रासस
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार