मच्छिन्द्रसँग संकटा पराजित 

सोमबार, माघ १०, २०७८

पोखरा, १० माघ  : मछिन्द्र क्लव पाेखरामा जारी आहा रारा गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो । 

मछिन्द्रकाे जितमा मेसुके ओलामाेउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गाेलकाे याेगदान दिए । 

संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए । खेलको १३ औं मिनेटमा उत्सवकाे गाेलबाट अघि बढेकाे मछिन्द्रका लागि ४७ ओैं मिनेटमा मेसुकेले दाेश्राे गाेल गरे । खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चाैंथाे गाेल हिर्काए ।  

मेसुके म्यान अफ दी म्याच भए । मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार