वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड एक रनले विजयी 

सोमबार, माघ १०, २०७८

काठमाडौं, १० माघ । इंग्ल्यान्डले दोस्रो टी-२० खेलमा वेस्टइन्डिजलाई एक रनले पराजित गरेको छ । रोमाञ्चक जितसँगै पाँच टी-२० शृंखला  एक एक बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले नौ विकेटले जितेको थियो । घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनायो । वेस्टइन्डिजका अकेअलल हुसेन र रोमारियो शेफर्डले समान ४४ रनको योगदान गरे । यस्तै निकोलस पुरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन बनाए । भ्रमणकारी टोली इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए । यस्तै आदिल राशिदले दुई विकेट लिँदा रोस टोपली र क्रिस जोर्डनले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रन बनायो । उसका जेसन रोयले सर्वाधिक ४५ रन बनाए । यस्तै मोइन अलीले ३१ रन बनाउँदा क्रिस जोर्डनले २७ रन बनाउँदा टम ब्यान्टनले २५ रनको योगदान गरे । वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले समान दुई विकेट लिए । 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार