रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित

सोमबार, माघ १०, २०७८

काठमाडौं, १० माघ  । इन्जुरी समयमा इडर मिलिटाओले गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले इल्चेसँगको हार टारेको छ ।  आइतबार राति घरेलु मैदानमा रियल मड्रिडले इल्चेसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हाे । इल्चेबिरुद्ध २-० ले पछि परेको रियल खेलमा फर्कन सफल भएको हो । इल्चेको लागि लुकास बोए र पेरे मिल्लाले १-१ गोल गरे । रियलका लागि लुका मोड्रिक र इडरले १-१ गोल गरे । बराबरीसँगै रियल २२ खेलमा ५० अंक जोडेर  शीर्ष स्थानमा यथावत  छ । इल्चे २३ अंक जोडेर १५औँ स्थानमा  छ । राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई  १-० अन्तरले पराजित गर्‍याे । भ्रमणकारी टोलीलाई जित दिलाउन फ्राङ्क्रिई डि जोङले खेलको ८७ मिनेटमा निर्णायक गोल गरे । उनले फेरान टोरेसको पास सदूपयोग गरे ।  जितपछि बार्सिलोना २१ खेलबाट ३५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । अलाभेस भने २२ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ  । 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार