सदर चिडियाखाना एक सातालाई बन्द

सोमबार, माघ १०, २०७८

ललितपुर, १० माघ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएकाे छ । लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुनः  बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा अनुसार आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको प्रमुख रचना शाहले जानकारी दिइन् । उनका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ ।

 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार